Logo

बैंक / बिमा /शेयर

एनआईएमबी बैंकको मोबाइल बैंकिङमार्फत ५ लाखसम्मको कर्जा सुविधा


GDP नेपाल
   १६ भाद्र २०८१, आइतबार


काठमाडौँ ।
नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंक लिमिटेडले एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआईएमबी स्मार्ट लोनको सुविधा शुरू गरेको छ ।


यो सुविधाअन्तर्गत बैंकका योग्य ग्राहकहरूले एनआईएमबी स्मार्ट एपमार्फत ५ लाख रुपैयाँसम्मको कर्जा बिनाकुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् । बैंकले सो कर्जाको सहज भुक्तानीका लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरूसमेत प्रदान गरेको छ ।


ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट एपमार्फत ई(मेल भेरिफिकेसन गरी सजिलै एनआईएमबी स्मार्ट लोनमा रजिस्टर गर्न सक्ने बैंकले जनाएको छ । ‘एनआईएमबी स्मार्ट लोनका लागि योग्य हुन बैंकले तोकेका विभिन्न मापदण्ड पूरा गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘जस्तै- तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि ।’योग्य ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपको होमपेजबाट एनआईएमबी स्मार्ट लोन एप्लाई गरी कर्जाका सबै सुविधा र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित : १६ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह