काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीले असोज २२ गते वार्षिक साधारण सभा डोकेको हो ।
सभा भिनोलिभा हस्पिटालिटि प्रालि, नारायणहिटी प्यालेस म्युजियम, उत्तरढोका, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
प्रतिक्रिया