Logo

बैंक / बिमा /शेयर

मिरा बायोटेकले आइपीओ जारी गर्ने, एलिट क्यापिटलसँग सम्झौता


GDP नेपाल
   १९ भाद्र २०८१, बुधबार


काठमाडौं । मिरा बायोटेक लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाउन एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको छ ।

एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा। विनोद साहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले आफ्नो पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने योजना बनाएको छ ।
दक्षिण कोरियाको इयुबायोलोजिक्स कम्पनी (इयूबी)सँगको सहकार्यमा मिरा बायोटेकले अत्याधुनिक प्लान्टमार्फत औषधि तथा भ्याक्सिन उत्पादन गरिरहेको छ । नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सक र फर्मा वैज्ञानिकहरुको पहलमा स्थापित मिरा बायोटेक अन्तराष्ट्रियस्तरको क्रोनिक सेगमेन्टका औषधिहरु उत्पादन गर्ने कम्पनी हो ।


हाल यस कम्पनीले करिब २ दर्जन ब्राण्डका औषधि उत्पादन गरिरहेको छ । यसबाहेक कम्पनीले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको सीइओ सुशिल पौडेलले जानकारी दिए । हाल यस कम्पनीको चुक्ता पुँजी ५२ करोड रुपैयाँ रहेको छ । भक्तपुरका चागुनारायणमा आफ्नै जग्गा र भवनमा सञ्चालन रहेको मिरा बायोटेकको अत्याधुनिक प्लान्ट औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह