Logo

बैंक / बिमा /शेयर

बरुण हाइड्रोपावरले बोलायो साधारण सभा


GDP नेपाल
   २० भाद्र २०८१, बिहिबार


काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज १३ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा हकप्रद सेयर अनुमोदन गर्ने सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी, कम्पनीले गाभ्नेर गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।


सभा प्रयोजनका लागि बरुणले आगामी असोज २ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । यद्दपि, असोज १ गते सार्वजनिक विदा पर्ने हुँदा भदौ ३१ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : २० भाद्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह