काठमाडौं । कुमारी बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ ।
बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा तीजको शुभकामना स्वरुप भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई रु। १०० को क्यास ब्याक योजना संचालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ ।
प्रतिक्रिया