काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावरको संस्थापक सेयर बिक्रीमा आएको छ । हाइड्रोपावरले संस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो।
सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिन भित्र कम्पनीको कार्यालय, कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया