Logo

बैंक / बिमा /शेयर

कोरोना बिमाको रकम भुक्तानी माग गर्दै सर्वोच्चमा रिट


GDP नेपाल
   २३ भाद्र २०८१, आइतबार


काठमाडौं । नेपाल बीमक संघले कोरोना बिमाको रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो ।

सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ । बीमकहरुले कोरोना बिमाको करिब ११ अर्ब रुपैयाँ दाबी भुक्तानी दिन बाँकी छ ।


संघका तर्फबाट महासचिव अशोकुमार खड्काले परमादेशसहितको रिट निवेदन दर्ता गरेका हुन्। सो रिट निवेदनमाथि भदौ २४ गते सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।

प्रकाशित : २३ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह