Logo

बैंक / बिमा /शेयर

भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको लाभांश घोषणा


GDP नेपाल
   २३ भाद्र २०८१, आइतबार


काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको भदौ २२ गते बसेको जसमा ४ प्रतिशतले हुन आउने २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँबराबर बोनस सेयर र करसहित १०।७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।


प्रस्तावित लाभांश तथा बोनस सेयर कम्पनीको वार्षिक साधारणसभा तथा विद्युत् नियमन आयोगले पारित गरेपछि सेयरधनीले वितरण गरिनेछ ।


यस्तै, कम्पनीले असोज १६ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौं बानेश्वरको अर्पण ब्याङकेव्टमाबिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।


कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि असोज २ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । असोज १ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

प्रकाशित : २३ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह