Logo

बैंक / बिमा /शेयर

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने


GDP नेपाल
   २४ भाद्र २०८१, सोमबार


काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

यसका लागि कम्पनीले साधारण सेयरको खरीद प्रत्याभूतिमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित : २४ भाद्र २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह