काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक सयरधनीको नाममा रहेको ७ हजार ६३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यसमा कम्पनीका अन्य संस्थापक सेयरधनी, जो कोही व्यक्ति तथा संघ संस्थाले आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । सेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया