काठमाडौं । हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख २८ हजार ५४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक बैंकका अन्य संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेताअनुसार फरकफरक रहेकाले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिनुपर्ने बैंकले जनाएको छ ।
तोकिएको समयमा संस्थापकबाट आव्दन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया