काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यस्तै, कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ । असोज २ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा पर्ने हुँदा सेयर बजार बन्द हुनेछ ।
प्रतिक्रिया