काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले लाभांश वितरण र हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीले अघिल्लो २ आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत (कर बाहेक)का दरले बोनस सेयर वितरण गर्ने जनाएको छ । उक्त बोनस सेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने जनाएको छ ।
कम्पनीले सो प्रस्तावसहित वार्षिक साधारणसभा डाकेको छ । सभा असोज २१ गते १० बजेदेखि कालिमाटी, काठमाडौंमा सुरु हुनेछ ।
सभामा अघिल्लो २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनको लागि कम्पनीले असोज ७ गते बुक क्लोज गर्नेछ । यसर्थ, असोज ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया