सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’उपहार योजना सार्वजनिक गरेको छ ।
दशैं, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकहरूसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने उपहार योजना ल्याइएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर जितु नेपालको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनाले सामसङको स्मार्ट फोन प्राप्त गर्नेछन् ।
यस्तै, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टीभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही पाँच सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो योजना असोज १ देखि मङ्सिर ३० गतेसम्म लागू हुनेछ ।
यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । साथै यस योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
हालै सिटी एक्सप्रेसले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया