Logo

बैंक / बिमा /शेयर

नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा


GDP नेपाल
   २ आश्विन २०८१, बुधबार


काठमाडौं । नबिल बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ३०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा असोज १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित : २ आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह