काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले ‘हरेक नेपाली शेयरधनी’ भन्ने नारालाई आत्मसात गर्दै बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा ‘बम्पर दशैं तिहार अफर’ संचालनमा ल्याएको छ।
गरिमाले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि बम्पर दशैं तिहार अफर ल्याएको हो। यो योजना अन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सक्ने भएका छन्। यसका लागि असोज १ गतेदेखि आगामी कात्तिक ३० गतेसम्म गरिमा क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नुपर्नेछ ।
ग्राहकले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालय र गरिमा क्यापिटल लिमिटेडको वेवसाईटमार्फत खाता खोल्न सक्नेछन्।
प्रतिक्रिया