Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंकले जित्यो अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि


GDP नेपाल
   ७ आश्विन २०८१, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ ।

संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा ग्लोबल आइएमई बैंक विजेता बनेको हो । प्रतियोगितामा ३८ वटा बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाएका थिए ।


उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिला तर्फका टोलीहरू सहभागी रहेका थिए ।


अन्तर बैंक फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ ग्लोबल आइएमई बैंक विजेता हुनुका साथै पुरुष र महिला तर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिला तर्फको उत्कृष्ट गोलरक्षकको उपाधि समेत जितेको छ ।


उक्त प्रतियोगिताको फाइनल खेलमा पुरुष तर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकाश बैंक र महिला तर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो ।

ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए ।

साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आइएमई बै‍ंकका चन्द्रिका भट्टले हात पारेकी छिन ।
आफ्नो सबै खेलहरूमा उत्कृष्ट बचाउ गरिरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरुङले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि समेत हात पारेकी छिन ।


ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा विजेता भएकाले खेलकुद प्रतियोगिताहरूमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रूपमा हेर्ने गरिन्छ ।

अन्तर बैंक फुटसल २०८०मा महिला तर्फको उपाधि पनि ग्लोबल आइएमई बैंकले जितेको थियो । यो वर्षको विजेता उपाधिसँगै ग्लोबल आइएमई बैंकको महिला तर्फको विजेता उपाधि लगातार दोस्रो पटक हो ।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह