काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले ६७ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो ।
यसमध्ये ३७ हजार ८८७ कित्ता सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
यस्तै, बाँकी ३० हजार कित्ता सेयरमा भने कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया