काठमाडौं । एनएमबि बैंकले पेरिस पारा ओलम्पिक खेलकुदमा नेपाललाई पहिलो काँस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।
उनको अभुतपूर्व उपलब्धिको सम्मानमा बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो ।
पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए । पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मानस्वरुप नगद हस्तान्तरण गरिएको थियो ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया