Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकद्वारा ‘नेक्सट् जेन बैंकिङ्ग लिडर छात्रावितृ’ को घोषणा


GDP नेपाल
   १० आश्विन २०८१, बिहिबार


काठमाडौँ । एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले NMB NextGen Banking Leaders Scholarship को घोषणा गरेको छ । बैंकले काठमाण्डौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको छ । 

विद्यार्थीहरुमा अग्रीमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ । यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरुमा लगानी गरी बैंकीङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु रहेको बेंकले जनाएको छ । 

विद्यार्थीहरुलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने शीप तथा ज्ञान प्रदान गर्दै भावि दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पुर्‍याउने लक्ष्य बैंकले लिएको छ । 

दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रकाशित : १० आश्विन २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह