काठमाडौं । नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, प्रिमियम मूल्यको सेयर जारी गर्न सक्ने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
प्रतिक्रिया