Logo

राजनीति

अदालतबाट दोषी ठहर भएका व्यक्तिसँग जग्गा दान लिनु भ्रष्टाचारको पक्षपोषण: ट्रान्सपरेन्सी इन्टरनेशनल


GDP नेपाल
   ६ कार्तिक २०८१, मंगलबार


काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेकपा एमालेले पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा दान लिएकोमा गम्भीर ध्यानाकर्षण जनाएको छ ।

नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर भएका व्यक्तिबाट सरकारको नेतृत्व गरिरहेको एमालेले दानको रूपमा जग्गा लिनु भ्रष्टाचारको पक्षपोषण भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको हो ।

एक विज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले भनेको छ ‘कानूनको पालना गरी सरकारी सम्पत्ति र हितको सम्बद्र्धन गर्न जनताबाट निर्वाचित भई सरकारको नेतृत्व गरिरहेको पार्टीले यस प्रकारको दान दातव्य लिँदा वादी–प्रतिवादीमा हुनुपर्ने व्यवहारमा गम्भीर असर पर्न गई सरकार वादी रहेको मुद्दामा प्रतिकूल प्रभाव पर्न जाने देखिन्छ । प्रतिवादीसँगको यस्तो लेनदेनका कारण स्वार्थको द्धन्द्ध हुन गई सुशासनमा गम्भीर असर पर्ने र भ्रष्टाचारको पक्षपोषण हुने ठम्याई टीआई नेपालको रहेको छ ।’


सरकार संचालनमा संलग्न रहेका व्यक्ति तथा राजनीतिक दलले सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्ने गरी कुनै पनि प्रकारको दान, दातव्य र सहयोग स्वीकार नगर्न समेत ट्रान्सपरेन्सी इन्टरनेशनल टीआई नेपालका अध्यक्ष मदन कृष्ण शर्माले आग्रह गरेका छन् ।

प्रकाशित : ६ कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह