Logo

राजनीति

नेपाल एयरलायन्सलाई चुस्त र प्रभावकारी बनाउन अध्ययन जारी छ: मन्त्री पाण्डे


GDP नेपाल
   ८ कार्तिक २०८१, बिहिबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलायन्सको बारेमा वृहत अध्ययन गरिरहेको बताएका छन् ।

सरकार गठनपछिका एकसय दिनमा मन्त्रालयबाट भएका प्रमुख कार्य एवम् उपलब्धिका सम्बन्धमा पर्यटन मन्त्रालयको प्रेस ब्रिफिङगर्दै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनको लागि मन्त्रालय प्रयास गरिरहेको बताएका हुन् ।

उनले भने, ‘नेपाल एयरलाइन्सका सम्बन्धमा वृहत अध्ययन गरिरहेका छौं । अनौपचारिक रुपमा यसको वृहत्तर हुँदैछ । नेपाल एयरलाइन्सका सम्बन्धमा विगतमा बनेका समितिहरु, समितिले दिएका प्रतिवेदनहरु र निकालिएका निष्र्कषहरुमा देखिएका चुनौतिहरुलाई मुख्य अध्ययनको विषय बनाएका छौं । कुनै साधारण समिति बनाएका छैनौं । असाधारण तरिकाले हामी अध्ययन गरिरहेका छौं । कार्यकारी अध्यक्षलाई स्पष्टीकरण पनि सोधेका थियौं । विविध विषयहरु समेटेर स्पष्टीकरण सोधेका थियौं र जवाफ पनि प्राप्त भइसकेको छ । हाम्रो अध्ययनको विषय उहाँको स्पष्टिकरणको जवाफ पनि हो ।’

साथै उनले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनको लागि कानूनी, संरचनागत कमजोरी, प्राविधिक समस्या र प्रशासनिक समस्याकोे निचोड निकालिने बताए ।

उनले भने, ‘नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउन चाहन्छौं । कानूनी कमजोरी के हो रु नीतिगत कमजोरी के हो रु संरचनागत कमजोरी र प्राविधिक समस्या के हो रु प्रशासनिक समस्या के हो रु यि सम्पूर्ण कुराको निचोडमा पुगेर नेपाल एयरलायन्सलाई सुधारेरै छाड्छौं । यस्तै अवस्थामा रहन दिनेछैनौं ।’

राज्यमन्त्री अरुणकुमार चौधरीले टीकापुरमा हवाइ उडान संचालनका लागि जग्गाको व्यवस्थापन र स्थानीय सरकारसँग सहकार्यमार्फत काम अघि बढेको बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले पर्यटन क्षेत्रका लागि हवाइ र सडक सुरक्षा प्रमुख हुने भएकाले त्यसको विश्वसनीयताका लागि काम गर्नुपर्ने बताए । सम्बन्धित निकायले त्यसका लागि गम्भीरताकापूर्वक काम गर्नुपर्ने औंल्याए ।

प्रकाशित : ८ कार्तिक २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह