Logo

राजनीति

आगामी बजेटले आवास ऋण दरमा वृद्धि नहुने प्रधानमन्त्री स्टार्मरको दाबी


GDP नेपाल
   १२ कार्तिक २०८१, सोमबार


काठमाडौं । लेबर पार्टीका नेता तथा इंग्ल्याण्डका प्रधानमन्त्री सर कियर स्टार्मरले आगामी बजेटले आवास ऋण (मोर्टगेज) दरहरूमा वृद्धि नहुने दाबी गरेका छन् । प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा पुरानो जस्तै आर्थिक अव्यवस्था नआउने र ऋण व्यवस्थापनमा जिम्मेवार तरिकाले अघि बढ्ने बताएका छन् ।

यसअघि चान्सलर राचेल रिभ्सलाई ऋण नियम परिवर्तन गरी लगानीका लागि बढी ऋण लिन खोज्दा वित्तीय बजार प्रभावित हुने र ब्याजदर लामो समयसम्म उच्च रहन सक्ने चेतावनी दिइएको थियो ।

द मिररमा लेख्दै स्टार्मरले भने, ‘यस बजेटले आर्थिक वृद्धिलाई असर गर्ने र सार्वजनिक सेवा कमजोर बनाउने कठोर नीतिहरूको पुनरावृत्ति गराउने छैन । टोरी सरकारका कारण ऋणको व्यवस्थापन विफल हुँदा आवास ऋण दर बढेको अव्यवस्थामा पनि फर्किने छैन ।’

उनले बजेटले दीर्घकालीन र जिम्मेवार निर्णयहरू ल्याउने र स्थिरताका माध्यमबाट लगानी र सुधारको मार्ग कोर्ने बताएका छन् । आज दिउँसो आफ्नो सम्बोधनमा उनले बुधबारको बजेटले वित्तीय यथार्थलाई आत्मसात गर्ने तर उज्याला दिनहरू आउने बताउने छन् ।

लेबर पार्टीका वरिष्ठ मन्त्री प्याट म्याकफ्याडनले ‘काम गर्ने मानिसहरू’लाई कुनै ठोस परिभाषा दिन कठिन रहेको बताएका छन् । तर उनले पार्टीको प्रतिवद्धता अनुसार आयकर, राष्ट्रिय बीमा (एनआई), र मूल्य अभिवृद्धि कर (भ्याट) नबढाइने बताए ।

म्याकफ्याडनका अनुसार, ‘हामीले मुख्य करहरूमा प्रतिवद्धता जनाएको हो र यसैलाई हामीले बजेटमा पूरा गर्नेछौं ।’

आलोचकहरूले यो प्रतिवद्धता ‘काम गर्ने मानिसहरू’ लाई के कस्तो करदाताहरूमा लागू हुन्छ भन्ने स्पष्ट पार्न माग गरेका छन् ।

प्रकाशित : १२ कार्तिक २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह