Logo

कर्पोरेट-बजार

ओमानको सलाम एयरले अब काठमाडौंमा दैनिक उडान गर्ने


GDP Nepal
   २२ भाद्र २०७६, आइतबार


काठमाडौं । ओमानको वायुसेवा कम्पनी सलाम एयरले अब दैनिक उडान गर्ने भएको छ । कम्पनीले ओमनबाट काठमाडौंसम्म दैनिक उडान गर्ने भएको छ ।

यसअघि सातामा तीन उडान गरिरहेको कम्पनीले आगामी साताबाट दैनिक उडान विस्तारको घोषणा गरेको हो । कम्पनीले एक वर्ष अगाडि नेपालमा उडान सुरु गरेको थियो ।

कम्पनीका अनुसार यस अवधिमा एयरले करिब ५० हजार यात्रुलाई प्रत्यक्ष सेवा दिइसकेको छ । आगामी वर्ष यात्रु सख्या दोब्बर बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

सलाम एयरले ९ जहाजबाट विभिन्न २० गन्तव्यमा उडान गर्दै आएको छ । नेपालमा यस कम्पनीको उडान व्यवस्थापन आईएमई इन्सेन्टिभ ट्राभल्सले गर्दै आएको छ । यो कम्पनी नेपालको स्थापित व्यावसायिक घराना आईएमई समूहको हो ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको पूर्वाद्र्धमा सलाम एयरले उडान संख्या थप्नु सकारात्मक संकेत भएको र यसबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने धारणा राखे ।

सलाम एयरको जीएसए आईएमई इन्सेन्टिभ ट्राभल्सका अध्यक्ष चन्द्र ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाललगायतले दैनिक उडान भरेर नेपाल भ्रमण वर्षलाई सघाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पर्यटन सचिव केदारबहादुर अधिकारीले नेपालको नागरिक उड्डयन क्षेत्रलाई थप व्यवस्थित गर्दै अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

यसैबीच, शनिबार आयोजित एक कार्यक्रममा कम्पनीले विभिन्न ट्राभल एण्ड टुर्स कम्पनीहरूलाई सम्मानित गरेको छ । सम्मानित हुने एजेन्सीहरूमा एक्सल ट्राभल एण्ड टुर्स, हार्वेस्ट, हेल्लो, लाइट, मेचिकाली, मुस्कान, ओपन वे, प्रयास, रस्मितालगायतका ट्राभल कम्पनी रहेका छन् ।

प्रकाशित : २२ भाद्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह