काठमाडौं । आजबाट गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ खुला भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले २ लाख २५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रतिक्रिया