काठमाडौं । २०७६ सालको चैतदेखि सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको स्टोरमा हालीमुहाली गर्दै आएका नायब सुब्बा पशुपति पोख्रेलले त्यहाँबाट अन्यत्र सरुवा भएको झोकमा सिंहदरबारमा तमासा देखाएका छन्।
कानुन अनुसार दर्ता समेत नभएको स्वतन्त्र कर्मचारी संगठनको नाममा सहरी विकास मन्त्रालयको गेटमा अराजकता प्रदर्शन गरेका छन् ।
कुनै पनि कर्मचारी सामन्यतया एउटा कार्यालयमा दुई वर्ष बसिसकेपछि अन्यत्र सरुवा हुने कानुनी व्यवस्था रहेको छ। तर उनी विभिन्न शक्तिकेन्द्रको आडमा उक्त कार्यालयको जिन्सी शाखामा करिब पाँच वर्षदेखि बसिरहन सफल भएका थिए।
गत कात्तिकमा सहरी विकास मन्त्रालयले उनलाई मन्त्रालय अन्तर्गत अन्यत्र सरुवा गरी उनको ठाउँमा नायब सुब्बा सुनिल रोकायालाई पठाएको थियो। नायब सुब्बा पशुपति पोख्रेल सरुवा भएपनि अर्को कार्यालयमा जान अटेर गरी बसेका थिए। उनले उल्टै अवधि नै नपुगेका नासू सुनिल रोकायलाई गृह मन्त्रालयमा सरुवा गराएका थिए।
अवधि नपुगी सरुवा गरिएको भन्दै विवाद उत्पन्न भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायब सुब्बा सुनिल रोकायाको सरुवा बदर गरी सहरी विकास मन्त्रालयमै कायम गरेको थियो।
निज नायब सुब्बा पशुपति पोख्रेल विगतदेखि नै आकर्षक मानिएका उपत्यका स्थित साँखु मालपोत लगायतका कार्यालयमा बसेर काम गरेको र विगत लामो समयदेखि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको स्टोरमा बसी अनियमितता गर्दै आएको भन्दै विवादमा परेका थिए।
उनलाई अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिनको दायरामा ल्याउन खोजेको बुझिएको छ । सोलुखु्म्बु जिल्लामा हुँदा समेत तत्कालीन एलडिओहरुलाई प्रभावमा पारेर एकैपटक ४५ वटा गाविसको सचिव भै अनियमिता गरेको आरोप लाग्ने गरेको थियो।
प्रतिक्रिया