काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।
प्रभुले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।
प्रतिक्रिया