Logo

Banner-news

परराष्ट्रमन्त्रीले राष्ट्रसंघमा भने– सार्कलाई नवजीवन दिने सत्प्रयाश गरिरहेका छौं


GDP Nepal
   ११ आश्विन २०७६, शनिबार


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्कको वर्तमान अध्यक्षका नाताले नेपालले अवरुद्ध सार्क प्रक्रियालाई नवजीवन प्रदान गर्ने सत्प्रयास भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकलाई शुक्रबार साँझ सम्बोधन गर्दै उनले सार्कलगायतका क्षेत्रीय संगठनहरुको औचित्य र महत्व बढेको धारणा राखे ।

प्रदीप ज्ञवाली


उनले भने– क्षेत्रीय प्रक्रियाले शान्ति, सुरक्षा र आर्थिक विकासका विश्व प्रयासमा सहायकको भूमिका निर्वाह गर्छ भन्ने नेपालको मान्यता छ, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) र एशियन कोअपरेशन डाइलग (एसिडी)अन्तर्गत हामी क्षेत्रीय आर्थिक सहयोग बढाउन प्रयासरत छौँ । सार्कको वर्तमान अध्यक्षका नाताले अवरुद्ध सार्क प्रक्रियालाई नवजीवन प्रदान गर्ने सत्प्रयास भइरहेको छ ।

मन्त्री ज्ञवालीले नेपालले राजनीतिक उपलब्धिलाई दिगोपना प्रदान गर्दै आर्थिक विकासको कार्यसूचीमा आफूलाई केन्द्रित गरेको जानकारी सभालाई गराए । सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने दिशामा आफूहरु रहेको उनको भनाइ छ ।

नेपालले मूलभूत रुपमा नीतिगत, प्रक्रियागत एवं कानूनी सुधार गरेर लगानीमैत्री वातावरण निर्माण गरेको तथा सबै क्षेत्रमा शतप्रतिशत वैदेशिक लगानीका लागि एकद्वार प्रणालीलाई सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।

चाँडोभन्दा चाँडो अल्पविकसित अवस्थाबाट नेपालको स्तरोन्नति गर्न तथा सन् २०३० अगावै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आययुक्त देशका रुपमा रुपान्तरण हुने आकांक्षालाई साकार पार्न नेपाल सरकार लागि परेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने– दिगो विकासका लक्ष्य तथा अन्तर्रा्ष्ट्रियरुपमा स्वीकार गरिएका विकासका अन्य लक्ष्य र कार्यसूचीलाई एकीकृत गरी तिनलाई राष्ट्रिय योजना र कार्यक्रममा समावेश गरेका छौँ ।

प्रकाशित : ११ आश्विन २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह