Logo

अर्थनीति

सार्वजनिक संस्थानको वित्तिय अवस्थामा सुधार हुँदै, ३७ मध्ये ११ वटा अझै घाटामा


appharu
   १३ जेष्ठ २०७५, आइतबार


काठमाडाैं ।नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरुको वित्तिय अवस्थामा केहि सुधार देखिएको छ । अर्थ मन्त्रालयले संघीय संसद्मा पेश गरेको सार्वजनिक संस्थानको वार्षिकस्थिति समीक्षा २०७५ ले आर्थिक वर्ष २०७३÷७४ मा सार्वजनिक संस्थानको समग्र वित्तीयस्थिति सुधारोन्मुख रहेको देखाएको हो ।
आर्थिक वर्ष २०७३÷७४ मा व्यवसायिक रुपमा सञ्चालनमा रहेका ३७ मध्ये २६ नाफामा छन भने ११ वटा घाटामा छन् । आर्थिक वर्ष ०७३÷७४ मा २६ वटा सरकारी सस्थानहरुको खुद नाफा ४२ अर्ब ६८करोड रहेको छ । त्यस्तै गरी ११ वटा संस्थाको नोक्सान १ अर्ब २५ करोड रहेको छ ।

आर्थिक वर्ष ०७३÷७४ सम्म आइपुग्दा सार्वजनिक संस्थानमा सरकारको ३ खर्ब १२ अर्ब लगानी रहेको आर्थिक सर्वेक्षण ०७४÷७५ मा उल्लेख छ । सार्वजनिक संस्थानहरुको कार्य सम्पादन अपेक्षाृकत रुपमा सन्तोषजक भने देखिएका छैनन् ।
सरकराले आर्थिक वर्ष २०७३÷०७४ मा सार्वजनिक संस्थानहरुबाट ७ अर्ब ७७ करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ।

आर्थिक वर्ष २०७२र०७३ मा ७ अर्ब ८१ करोड लाभांश प्राप्त भएकोमा गत आर्थिक वर्षमा केही घटेको देखिएको छ। सरकारले सबैभन्दा धेरै जनोपयोगी संस्थानबाट लाभांश प्राप्त गरेको छ। यस्ता संस्थानबाट ६ अर्ब ९९ करोड रुपैयाँ लाभाशं प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। गत आवमा वित्तीय संस्थाबाट ६२ करोड ४२ लाख रुपैयाँ लाभांश सरकारी खातामा जम्मा भएको छ ।

सरकारले संस्थानहरुबाट औषतमा ४.८७ प्रतिशत लाभांश बुझेको छ। लाभांशको यो अनुपात आव २०७२÷०७३ को ५.४४ प्रतिशतभन्दा केही कम हो ।

 

प्रकाशित : १३ जेष्ठ २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह