काठमाडौं। पाँचतारे होटल रोयल टुलिप काठमाडौंको महाप्रबन्धमा बलराम पाठक नियुक्त भएका छन्।
रोयल टुलिपका तर्फबाट लुभ्र होटल्स भारतका निर्देशक अजय बकायाले दुई पक्षीय सम्झौताकै बेला महाप्रबन्धकको रुपमा पाठकले जिम्मेवारी दिने घोषणा गरेका थिए। सोही घोषणा अनुसार पाठकलाई जिम्मेवारी दिइएको हो।
६ अर्ब लगानीमा निर्माण भई सञ्चालनको तयारीमा रहेको होटलमा ३०२ वटा कोठा छन्। पहिलो चरणमा बैंक्विट हल र मिटिङ हलसहित केही कोठा सञ्चालन गरी अबको ६ महिनाभित्र पूर्ण रुपमा सञ्चालन गर्ने योजना होटलको छ।
प्रतिक्रिया