काठमाडौँ । सरकारले गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषदको फागुन २६ गते बसेको बैठकले सिफारिस समिति गठन गरेको हो ।
समितिमा संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सदस्यमा डा. विश्वनाथ पौडेल र पुर्वगभर्नर विजयनाथ भट्टराई रहेका छन् । नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नरको पदावधि यही आउँदो चैतमा सकिँदै छ। उनको पदावधि सकिन लाग्दै गर्दा यता सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रिया सुरु गरेको छ।
उक्त गठित समितिले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्ने छ। जसमा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस गर्नै पर्ने व्यवस्था छ। जस बमोजिम हाल डेपुटी गभर्नर रहेका निलम ढुङ्गाना, बमबहादुर मिश्रमध्ये एक जना पक्का सिफारिसमा पर्ने छन्।
प्रतिक्रिया