Logo

कर्पोरेट-बजार

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर


GDP नेपाल
   १ चैत्र २०८१, शनिबार


काठमाडौं  ।  कनेक्ट किसान र नेपाल भेटरिेनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच एक महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा एसोसिएसनका अध्यक्ष रितेश रिमाल र कनेक्ट किसानका निर्देशक राजन दाहालले हस्ताक्षर गरेका छन्।कनेक्ट किसान र एसोसिएसनबिचको सहकार्यले कृषि क्षेत्रको डिजिटलाइजेशनलाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने अपेक्षासाथ यो सम्झौतामा हस्ताक्षर गरिएको हो ।

यो साझेदारी भेटरिनरी क्षेत्रको डिजिटलाइजेशनको दिशामा एक महत्वपूर्ण कदम हो। सम्झौताले तीन प्रमुख उद्देश्यलाई प्राथमिकता दिएको छ । कनेक्ट किसानका निर्देशक राजन दाहालले भने, ‘हाम्रो मुख्य उद्देश्य सदस्यहरूलाई स्मार्ट फार्मिङ प्रविधिहरूको उपयोग गर्न सघाउनु हो। अर्डर व्यवस्थापन प्रणाली कार्यान्वयन गरेर कृषक र भेटरिनरी सेवा प्रदायकलाई अझ प्रभावकारी रूपमा जोड्ने छौँ ।’

यो सम्झौताले कृषि र भेटरिनरी सेवामा अनलाइन प्रविधिको समावेशलाई सुनिश्चित गर्दै भविष्यमा प्रगति र विकासको दिशा तय गर्ने अपेक्षासाथ गरिएको छ। यस सहकार्यले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगलाई बढावा दिने र कृषक समुदायलाई अधिक प्रभावकारी र सुलभ सेवाहरू प्रदान गर्ने  एसोसिएसनका अध्यक्ष रिमालले विश्वास व्यक्त गरे ।

प्रकाशित : १ चैत्र २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह