काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन् ।
गत शुक्रबार लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन सुरु भएको थियो भने शनिबार मतदान भएको थियो । मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गरेका हुन् ।
अर्का अध्यक्ष पदका उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेदवारी दिएकी खड्काले १३ मत प्राप्त गरेकी छन् ।
यस्तै उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाई समुहकै उम्मेदवार निर्वाचित भएका छन् । उनको समुहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भएका छन् । उनले ३३९ मत प्राप्त गरेकी हुन् ।
यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन् । खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन् । उनलाई सभापति शेरबहादुर देउवा निकट धेरै नेताहरुको पनि साथ थियो ।
प्रतिक्रिया