Logo

राजनीति

तीनकुने क्षेत्रको कर्फ्यु हट्यो


GDP नेपाल
   १५ चैत्र २०८१, शनिबार


काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले तिनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु हटेको छ । राजावादीहरूको प्रदर्शनले उग्र रुप लिएपछि कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो ।

‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौँको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म लगाइएको कर्फ्यु स्थगन गरिएको छ’, प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

तिनकुने मा भएको सो आन्दोलनमा एकजना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । त्यस्तै, दर्जनौं सुरक्षाकर्मी र आन्दोलनकारीहरु घाइते भएका छन् ।

प्रकाशित : १५ चैत्र २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह