Logo

राजनीति

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी गर्ने थप ६ जना पक्राउ


GDP नेपाल
   २५ चैत्र २०८१, मंगलबार


काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समुहको  प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही घर भएका ललितपुर टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारु पक्राउ परेका हुन् ।

यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर(ऐनी), सन्धुपाल्चोकका ३० बर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन् ।

उनीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ । प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भईरहेको छ ।

 

प्रकाशित : २५ चैत्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह