Logo

अर्थनीति

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित हुनुपर्छ: अर्थमन्त्री पौडेल


GDP नेपाल
   २८ चैत्र २०८१, शुक्रबार


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोगगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले अन्तराष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै सरकारको त्यसतर्फ ध्यान गएको बताए ।

उनले भने,‘हामी के चाइरहेका छौ भने देशभित्र रोजगारीका अवसर सिर्जना गर्ने भन्ने हो । र नेपाल अहिले अन्तर्राष्ट्रिय श्रम बजारमा गइरहेको छन् । जाने अवस्था छ । त्यो अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उहाँहरुले आफ्नो उपस्थिति जनाउनसक्ने खालको परिस्थिति निर्माण गर्नुपर्छ भन्ने पक्षमा सरकार छ ।’

त्यस्तै उनले वैदेशिक रोजगारीबाट सीप र पुँजी बोकेर फर्कने नेपालीहरुको लागि सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्ने खालको आधार निर्माण गर्नुपर्ने पनि धारणा राखे ।

प्रकाशित : २८ चैत्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह