Logo

राजनीति

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो


GDP नेपाल
   ५ बैशाख २०८२, शुक्रबार


रौतहट । पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

सोही अनुसार  जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार  शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाइएको  प्रशासनले जारी गरेको सूचना उल्लेख छ ।

पछिल्लो समय सहरमा शान्ति र स्थिरता कायम भएको मूल्याङ्कन गर्दै प्रशासनले निषेधाज्ञा पूर्ण रूपमा हटाउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

उनका अनुसार वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएकाले  सबै समुदायलाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको दुई सामुदायिकबिचको झडपपछि वैशाख १ गतेदेखि वीरगञ्ज महानगरपालिकाभित्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो ।

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएपछी जनजीवन सामान्य बन्दै गएको छ ।

प्रकाशित : ५ बैशाख २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह