Logo

राजनीति

राप्रपाको प्रदर्शन विजुलीबजार केन्द्रित, सांसदहरु सिंहदरबारमा


GDP नेपाल
   ७ बैशाख २०८२, आइतबार


काठमाडौं । काठमाडौँका निधेषधित क्षेत्रकेन्द्रित प्रदर्शन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजुलीबजार केन्द्रित भएको छ ।

प्रदर्शन बिजुलीबजार–बानेश्वर क्षेत्र केन्द्रित भएको छ । निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन उत्रिएको राप्रपाले रणनीति परिवर्तन गरेको हो ।

ठूलो प्रदर्शन नगरी विभिन्न ठाउँमा तोकिएको निषेधित क्षेत्र तोड्ने रणनीतिमा राप्रपा रहेपनि हाल विजुलीबजार केन्द्रित भएको छ । तर राप्रपाका सांसदहरु भने सिंहदरबारभित्रै प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

यता ट्राफिक प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भएपछि सवारी डाइभर्सन गरेको छ ।

माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरी चलाइएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो ।

गत चैत १५ गतेको हिंसात्मक घटनामा संलग्न भइ पक्राउ परेका नेताहरुको रिहाइका लागि राप्रपाले आजको प्रदर्शन आयोजना गरेको बताएको छ ।

प्रकाशित : ७ बैशाख २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह