Logo

राजनीति

शिक्षा उपसमितिले गरिरहेको काम कारबाही मन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ: सांसद थापा


GDP नेपाल
   १५ बैशाख २०८२, सोमबार


काठमाडौं । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले शिक्षा ऐन सम्बन्धी बनेको उपसमितिमा भईरहेको कामको बारेमा सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरुलाई र सिंगो देशलाई जानकारी गराउन माग गरेका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले उपसमितिमा भईरहेको कामको बारेमा शिक्षामन्त्रीले संसद मार्फत सिंगो देशलाई जानकारी गराउनु पर्ने बताएका हुन्  । 

उनले भने, ‘यो सदनमा शिक्षामन्त्रीले पनि विषयवस्तु राख्नुपर्छ, उहाँले यो संसद र संसद मार्फत सिंगो देशलाई जानकारी गराउनु पर्छ । शिक्षा उपसमिति जुन गठन भएको छ त्यहाँ सबै पक्षको सर्वसहमतिमा एकसरो हिसाबले सबै दफामा छलफल भईरहेको छ र अब केही छलफल जारी रहेका विषयलाई टुङ्गाउने क्रममा काम भईरहेको छ । उपसमितिमा भईरहेको कामलाई सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरुलाई र सिंगो देशलाई जानकारी गराउनु पर्छ ।’

यस्तै, उनले बैशाख १४ गते भएको घटना दुख लाग्दो भएको भन्दै प्रहरी र शिक्षक दुबै पक्षले धर्यताका साथ आफ्नो काम गर्नुपर्ने बताए । 

उनले भने, ‘हिजो भएको घटनाप्रति म दुख व्यक्त गर्न चाहान्छु । यस्तो घटना नुहुनु पर्ने थियो । प्रहरीहरु र शिक्षकहरु पनि राष्ट्र सेवक हुन्, राष्ट्र सेवकहरु माथि यो खालको आन्दोलनको नाममा गरिने व्यवहार गर्नु उचित होईन् । म शिक्षकहरुलाई आफ्ना घोषित कार्यक्रम अनुसार नै सरकार, संसद, समाज र सिंगो देशको जुन ध्यानाकर्षण गराई रहनु भएको छ त्यो प्रक्रियालाई नै अगाडि आग्रह गर्न चाहान्छु र सुरक्षाकर्मीहरुलाई पनि संयम भएर काम गर्न आग्रह गर्न चाहान्छु ।’

प्रकाशित : १५ बैशाख २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह