Logo

बैंक / बिमा /शेयर

एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा


GDP नेपाल
   ५ जेष्ठ २०८२, आइतबार


काठमाडौं । एनएलजी इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । सभा जेठ २९ गते आम्रपाली ब्यांक्वेट चिरबम सडक बालुवाटारमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।


सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, सभामा भाग लिन जेठ २१ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।

प्रकाशित : ५ जेष्ठ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह