Logo

बिजनेस होम

पाँच महिना चलेको सुट मेला सम्पन्न, ३७ जोडीले जिते स्वदेश र विदेश भ्रमणको प्याकेज


GDP नेपाल
   ५ जेष्ठ २०८२, आइतबार


काठमाडौं । काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्समा सञ्चालित सुट मेला अवधिमा सुट किनेका ३७ जोडीले विदेश भ्रमणका साथै स्वदेशका विभिन्न पर्यटकीय गन्तव्य भ्रमणको प्याकेज जितेका छन् । आयोजक नेपाल टेलरिङ व्यवसायी महासंघले शुक्रबार एक समारोहको आयोजना गरी ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरेको हो ।

मेला अवधिमा सुट खरिद गरेका प्रत्येक ग्राहकलाई तोकिएको सर्त बमोजिम कुपन प्रदान गरिएको र तिनै कुपनलाई समावेश गरेर लक्की ड्रमार्फत विजेता चयन गरिएको महासंघले जनाएको छ ।

उपहारमध्येको आकर्षक दुबई ट्रिप कुपन नम्बर ६६२ र थाइल्यान्ड ट्रिप कुपन नम्बर १५४७७ का ग्राहकले जितेका छन् ।

त्यस्तै, १५ जोडीले पोखरा, १० जोडीले चितवनको सौराहा र १० जोडीले मनकामना घुम्ने अवसर जितेका छन् भने ५० जना ग्राहकले चन्द्रागिरि केबलकारको टिकट पाएका छन् । त्यसैगरी २० जनाले सुट पिस र ४० जनाले सर्ट पाइन्ट पिस जितेका छन् ।


नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा २०८१ मंसिर १७ देखि २०८२ वैशाख २५ गतेसम्म बागबजारको आराधना कम्प्लेक्समा सर्टिङ सुटिङ वस्तुको ुसुट मेला २०८१ु चलेको थियो । नेपालमा सर्टिङ सुटिङ मेला पहिलोपटक आयोजना गरिएको थियो ।

मेलामा दशकौंदेखि गुणस्तरीय कपडाको आयात एवं सिलाइ व्यवसायमा संलग्न आराधना कम्प्लेक्सका कम्पनीहरु मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सन सहभागी थिए ।

ग्राहकलाई उच्च गुणस्तरको सर्टिङ सुटिङ कपडाका दर्जनौं विकल्प एकै ठाउँमा उपलब्ध गराउनु तथा आम सर्वसाधारणमा व्यक्तित्व निर्माणमा सर्टिङ सुटिङको महत्व बुझाउनु पनि मेलाको उद्देश्य थियो । यो मेला सुटमा आएको नयाँ डिजाइनबारे ग्राहकलाई जानकारी गराउनमा पनि सफल ठहरिएको छ । विवाहको सिजनमा दूरदराजबाट सुट सिलाउन काठमाडौं आउने ग्राहकका लागि मेला निकै सहयोगी बनेको महासंघको विश्वास छ ।

मेलामा सहभागी व्यवसायीले मेलाका अवसरमा कपडा र सिलाइमा ग्राहकलाई आकर्षक छुट पनि उपलब्ध गराएको मेला संयोजक अर्जुन बस्नेतले जानकारी दिए ।

‘मेलामा अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका इटालियन, इंग्ल्यान्ड, बैंकक, भारतलगायत देशमा उत्पादित उच्च गुणस्तरको फेब्रिक विकल्प एउटै छानामुनि उपलब्ध गराइएको थियो,’ उनले भने ।

मेला र उपहारबाट ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ भएको र यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान हुने महासंघले बताएको छ ।

मेलाबाट आर्थिक मन्दीका कारण शिथिल भएको टेलरिङ व्यवसायलाई राहत मिलेको व्यवसायीको अनुभव छ । महासंघले रोजगारी र राजस्वमा उल्लेखनीय योगदान दिइरहेको यो व्यवसायलाई चलायनमान बनाउन सरकार र निजीक्षेत्रबीच गहिरो सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।

प्रकाशित : ५ जेष्ठ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह