काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से १९.०४ अंकले बढेर दुई हजार ६८८.५५ विन्दुमा पुगेको छ ।
बैंकिङ ५१, निर्जीवन बीमा ०.४८ र माइक्रोफाइनान्स उपसमूह १२२ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक १३, फाइनान्स ११, होटल तथा पर्यटन १८५, हाइड्रोपावर ३८, जीवन बीमा २० , उत्पादन २७, अन्य ३ र व्यापार उपसमूह ३५ अंकले घटेको छ ।
आज ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेपनि आज आज बलेफि हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ ।
यस दिन ३१४ कम्पनीको दुई करोड २३ लाख कित्ता सेयर ९ अर्ब ८२ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया