Logo

घुमफिर

पर्यटकको रोजाइमा जिरीको स्टोनपार्क


GDP नेपाल
   १३ जेष्ठ २०८२, सोमबार


रामेछाप । दोलखाको जिरी नगरपालिका–१ पुम्पामा रहेको जिरी स्टोनपार्क पर्यटकहरूको गन्तव्यको थलो बन्न लागेको छ ।

युएनडिपीको साझेदारीमा निर्माण भएको पार्क अहिले रामेछाप, दोलखा, सोलु तथा देशका विभिन्न भागबाट दोलखाको जिरी तथा रामेछापका विभिन्न पर्यटकीय स्थल घुम्न जाने मानिसहरूका लाग आकर्षक गन्तव्यको थलो बनेको छ ।

समुन्द्र सतहबाट करिब १८७६ मिटर उचाइमा रहेको स्टोनपार्क नेपालको स्वीजरल्याण्डको उपनामले परिचित जिरीबाट २७ किलोमिटरको दुरीमा रहेको छ । दोलखा र रामेछापको सिमानामा रहेको सो स्थान दुवै जिल्लाको लागि पर्यटकीय गन्तव्य बनेको छ ।

दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलाको काखमा रहेको पार्क ढुङ्गैढुङ्गाले सजिएको पार्क हो । कुलैबेला खिम्ती खोलाले थुपारेका ढुङ्गालाई सजाएर बनाएको पार्क प्राकृतिक हिसाबले निक्कै मनोरम छ ।

खिम्ती खोलाको किनारमा रहेको चौरमा प्राकृतिक रूपमै ठूलाठूला ढुङ्गा रहेका र तिनै ढुङ्गालाई सजाउने तथा ढुङ्गामाथि विभिन्न मूर्ति तथा बस्ने ठाउँ बनाएर पार्कलाई आकर्षक बनाइएका छन्  ।

ठुला ढुङ्गा भएको घाँसे मैदानहरूले ढाकिएको चौरमा निर्माण भएको पार्कमा गुरु रिम्पाोचे, बुद्ध, शिवजी लगायतका मूर्ति निमर्नण बनाइएका छ । ती मूर्ति पनि ढुङ्गा माथि नै बनाइएको छ ।

पार्कमा आकर्षक प्रतीक्षालयहरू, खानेपानी, स्टिलट्रस कटेज, शौचालय, हेलिप्याड, स्विमिङ पुल, मनोरञ्जन स्थल, बाल मनोरञ्जनस्थल निर्माण गरिएको छ । पार्कमा प्रवेश गर्न नगरपालिकाले सामान्य शुल्क लिने गरेको छ । जसबाट पार्क व्यवस्थापनको काम भइरहेको छ । 

अहिले स्टोन पार्कमा विभिन्न म्युजिक भिडियो तथा फ्लिमको सुटिङ गर्ने टोली समेत पुग्न लागेको छ । यसले सुटिङ गरेको हेर्न जाने मानिसहरूको समेत बढ्न लागेको छ । 

स्टोन पार्कको वरिपरि रहेका दोलखाको पुम्पा, रामेछापको गर्जाङ, शिवालय लगायतका स्थान पनि त्यतिकै मनोरम र घुम्न लायक छन् । 

स्टोन पार्कसम्म पुग्नको लागि दोलखाको सदरमुकाम चरिकोटबाट जिरी बजार, माली, यलुङहुँदै पुग्न सकिन्छ । त्यो भन्दा पनि सजिलोबाट दोलखकाको जिरीबजारबाट रामेछापको ठोसे, शिवालयहुँ पार्कमा पुग्न सकिन्छ ।

काठमाडौंबाट सोझै गर्जाङसम्म पुग्ने गाडी समेत लाग्ने भएकाले स्टोनपार्क घुम्न जान सहज भएको छ ।

प्रकाशित : १३ जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह