Logo

घुमफिर

ईन्द्रेणी तालमा मोटरबोट चढे केपी ओली (तस्बिरहरु)


gdpnepal
   ५ फाल्गुन २०८२, मंगलबार


दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दमक १० को ईन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन् ।

आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका पूर्वप्रधानमन्त्री ओली दमकका विभिन्न टोलमा पुगेर मतदातासँग भेट गर्ने क्रममा दमक १० पुगेका हुन् । त्यस क्रममा उनले अन्य यात्रुहरुसँगै मोटरबोट चढेर तालको अवलोकन गरेका थिए ।


त्यस क्रममा महिलाहरु संगठित रहेको बुहारी समुहले भेट्गरि नेकपा एमाले तथा अध्यक्ष ओलीलाई जिताउन क्रियाशील हुने बताएको थियो ।


दमकको दक्षिणी भेगमा रहेको सो ईन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयास स्वरुप केहि समय अघिदेखि सो मोटरबोट सञ्चालनमा आएको हो ।


सो वडाले पूर्वतर्फ कमल गाउँपालिका र गौरादह नगरपालिकालाई छोएको छ भने पश्चिमतर्फ मोरङ्को उर्लाबारी र रतुवामाई नगरपालिका पर्दछ ।


ओलीकै पहलमा दुवै तर्फ जाने स्थानमा रतुवा र मावा खोलामा पक्कि पुल बनेका छन् । दुवै तर्फका मोटरेवल पुलका कारण सर्वसाधारणको दैनिकी सहज मात्र भएको छैन कृषि उपजको बजारीकरण गर्न, स्वास्थ्य सेवा लिन र स्वरोजगारीका विकल्पहरु पहिचान गर्न पनि सहज भएको छ ।

प्रकाशित : ५ फाल्गुन २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह