Logo

अर्थनीति

आर्थिक सर्भेक्षण सार्वजनिकः आर्थिक वृद्धिदर ४.६१% र उपभोक्ता मुद्रास्फीति ४.७२%


gdpnepal
   १६ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । चालू आर्थिक वर्ष (२०८१/८२) मा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको प्रतिनिधिसभामा आर्थिक सर्भेक्षण पेश गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान सार्वजनिक गरेका हुन् ।

चालू आवमा औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ । पेट्रोलियम पदार्थको मूल्यमा आएको कमी र आपूर्ति श्रृङ्खला सहज रहेकाले मुद्रास्फीतिमा कमी आएको हो ।

राजस्व परिचालन सुधार हुँदै गएकोले संघीय सरकारको वित्त घाटा घटेको छ । यस अवधिमा संघबाट प्रदेश र स्थानीय तहमा अनुदान र राजस्व बाँडफाँट समेत गरी ३ खर्ब २५ अर्ब ४६ करोड हस्तान्तरण भएको छ ।

वस्तु निकासी उच्च दरले बढेको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा छन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहेको छ । बाह्य क्षेत्रका सबै परिसूचक सबल र सुदृढ रही बाह्य क्षेत्र स्थिरता कायम भएको छ ।

सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । सूचना प्रविधिको विकाससँगै डिजिटल बैंकिङ्ग कारोबार बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन र कर्जा लगानी वृद्धि भएको छ । कुल कर्जा लगानीमा निष्क्रिय कर्जाको अनुपात बढेपनि वित्तीय स्थायित्व कायम छ ।
विद्युत उत्पादन बढेर ३ हनार ६०२ मेगावाट पुगेको छ । सबै जिल्लामा सडक सुविधाको पहुँच पुगेको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रका सूचकमा सुधार भएको छ । मानव विकास सूचकाङ्क ०.६२२ पुगेको छ । विकासशील मुलुकमा स्तरोन्नतिका लागि तोकिएका सबै मापदण्डमा नेपाल योग्य भएको छ ।

मुख्यरुपमा चालु आर्थिक वर्षको प्रथम आठ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र आर्थिक अवस्थाका आधारमा आर्थिक सर्भेक्षण प्रस्तुत गर्ने गरिन्छ ।

 

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह