Logo

राजनीति

अमेरिकाको नयाँ नीतिले ट्रेडमा ल्याएको होडबाजीले नेपाललाई पिडा दियो: मन्त्री भण्डारी


GDP नेपाल
   ३० जेष्ठ २०८२, बिहिबार


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पिडामा पुर्याएको बताएका छन् ।

बुधबार नेपाल अमेरिका व्यापार: अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन् ।

उनले भने, ‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्व संध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौ । अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए ।’

उनले थप भने, ‘त्यसका हाम्रो तर्फबाट गर्नुपर्ने कुटनीतिक प्रयासहरु थप गर्नुपर्ने आवश्यकता भएको छ । हामी प्रसव पिडामा छौ । यहाँबाट अगाडि बढ्ने कि सकिने भनेर । हामीले चाहेर नचाएर पनि हाम्रो सामर्थले अगाडि बढ्नुपर्नेछ ।’

मन्त्री भण्डारीले अहिलेको समयमा नेपालले ट्रेड प्रमोशन नभईकन अर्थतन्त्रमा नयाँखालको प्रगति गर्ने अवस्था नरहेको बताए । 

प्रकाशित : ३० जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह