Logo

अर्थनीति

सात बिमा कम्पनीलाई कारबाहीः नेपाल पुनर्बिमाका सीईओ पनि दण्डित


gdpnepal
   १० चैत्र २०८२, मंगलबार


काठमाडौं । नेपाल विमा प्राधिकरणले आधा दर्जनभन्दा बढी बिमा कम्पनीसहित एक प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ ।

प्राधिकरणले बिमा ऐन २०७९ तथा प्राधिकरणबाट जारी भएका निर्देशनहरुको पालना नगरेको भन्दै कारबाही गरेको हो ।

प्राधिकरणको कारबाही भोग्नेमा नेपाल पुनर्बिमा तथा हिमालयन रि दुवै पुनर्बिमा कम्पनी रहेका छन् । नेपाल पुनर्बिमाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा पनि कारबाहीमा परेका छन् ।

यस्तै, एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्स प्रालिलाई प्राधिकरणले तीन महिनाका लागि निलम्बन गरेको छ ।

प्राधिकरणबाट कारबाहीमा परेका अन्य बिमा कम्पनीहरुमा हिमालयन लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरिएन्टल इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

प्रकाशित : १० चैत्र २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह