Logo

मनोरञ्जन

किन फैलाइँदैछ यस्तो अफवाह ? कमेडी सञ्चालकलाई सिंहदरबार बोलाइएको झुटो प्रचार !


gdpnepal
   ३१ जेष्ठ २०८२, शुक्रबार


विशाल भण्डारी भन्छन्: प्रधानमन्त्री कार्यालयबाट बोलाइएको हैन, निजी कामका लामगि सिंहदरबार गएको हो !

काठमाडौं । ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’का निर्माता तथा निर्देशक र प्रस्तोता विशाल भण्डारीले आफूलाई प्रधानमन्त्री कार्यालयबाट बोलाइएको भन्ने समाचारको खण्डन गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीमाथि व्यंग्य गरेका कारण भण्डारीलाई सिंहदरबार बोलाएर स्पष्टीकरण लिइएको र भविष्यमा यसो नगर्न चेतावनी दिइएको खबर बिहीबार सनसनी फैलिएको थियो ।

भण्डारीले भने आफू निजी कामले सिंहदरबार गएको र यससम्बन्धी कुनै कुरा नभएको स्पष्ट पारेका छन् ।

उनले फेसबुकमा लेखेका छन्:

“बाघ कराउनु र बाख्रा हराउनु”

म आज हैन हिजो सिंह दरवार गएको हो ।

त्यो पनि एक जना मित्र संगको नितान्त व्यक्तिगत भेटघाटको लागी! 

मलाई आधिकारिक भेटघाटको लागि बोलाईएकै हैन । 

गएको Episode र एउटा Insta Story लाई जोडेर अनुमानकै  भरमा यसरि अतिरंजित बनाउनु कदापी सहि हैन । 

मलाई सोधेर सत्यपनी लेख्नुहुने र लेख्नै नहुनेमा आभार । 

बिक्छ भन्दैमा गफ गाफ नबेचौं । Miss Information ले समाजलाई सहि दिशा कदापि दिदैन । 

Gossip र गफगाफ समाचारले कहिले काही ठुलै हानि पनि गर्न सक्छ । 

लेख्दा संबन्धित ब्यक्तिलाई सोधेर सत्य र तथ्य पनि लेख्ने गरौ । 

राज्य ,समाज, कला संस्क्रृती र सम्माननिय पद प्रति संवेदनशिल र  उत्तरदायी रहौ । 

धन्यवाद ,

शुभरात्री

 

प्रकाशित : ३१ जेष्ठ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह