Logo

राजनीति

रास्वा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक


GDP नेपाल
   १ असार २०८२, आइतबार


काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ ।

आइतबार बसेको बैठक सुरु हुनेवित्तिकै रास्वपा र राप्रपाले उठेर नाराबाजी लगाएर बिरोध गरिरहेका छन् । यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारवाही अगाडि बढाएका हुन् ।

सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो ।

घिमिरे बोल्न सुरु गर्ने वित्तिकै रास्वपाका सांसदले रोष्टम अगाडि पुगेर नाराबाजी गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दे रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आइरहेका छन् ।

प्रकाशित : १ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह